सिंहदरबार वृत्तले दियो विद्यार्थीलाई प्रशिक्षण

रिपोर्ट नेपाल | 2018 Dec 18 | 01:46 pm 6173

काठमाडौं, पुस ३ :  महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शैलेस थापा क्षेत्रीले अपरिचित व्यक्तिसँग अनलाइनमा कुरा गर्दा साइबर अपराधमा पर्न सक्ने कुरामा सचेत गराएका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको आयोजनामा समुदाय–प्रहरी कार्यक्रम अन्तर्गत मंगलबार भएको प्रशिक्षण कार्यक्रममा डिआइजी थापाले जथाभावी फेसबुक प्रयोग र अपरिचितसँग गरिने कृयाकलापले गर्दा पछिल्लो समय थुप्रै युवा युवती पीडित भएका बताए ।

केएमसी सेकेण्डरी स्कुल बागबजारका छात्र छात्रालाई पुलिस क्लबमा प्रशिक्षण दिदै डिआइजी थापाले साइबर अपराध र त्यको आधारभूत सुरक्षा लगायत मानव बेचविखानबाट जोगिने उपायका विषयमा प्रशिक्षण दिएका थिए ।

डिआइजी थापाले खुलस्त र विद्यार्थीले सहज बुझ्‍ने शैलीले जवरजस्ती करणी र त्यसबाट बच्‍ने उपायका विषयमा पनि प्रशिक्षण दिएका थिए । वृत्तका प्रहरी निरीक्षक भोजराज पाण्डेको संचालनमा भएको प्रशिक्षण कार्यक्रममा स्कुलका प्रिन्सिपल नगेन्द्र बहादुर अर्यालले प्रशिक्षण कार्यक्रमले आफूलाई अझ सशक्त बिना वर्दीको प्रहरी बन्‍न प्रेरणा मिलेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.