सिंहदरबार प्रहरी वृत्तद्वारा साइवर अपराध बिरुद्ध एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2019 Feb 22 | 07:04 pm 3696

काठमाडौं, फगुन १० : समाजमा बृद्धि भइरहेको विभिन्‍न विकृति र विसंगतिको जडोको रुपमा रहेको साइबर अपराध न्युनिकरणका निमित्त र यसका सदुपयोग र दुरुपयोका बोरेमा एक दिने कार्यक्रम सम्पन्‍न भएको छ ।

पुतलिसडकस्थित रहेको शंकरदेव क्याम्पसमा समुदाय–प्रहरी साझेदारी अन्तर्गतको कार्यक्रम  आज शुक्रबार सम्पन्‍न भएको छ ।

उक्त कार्यक्रम महानगरीय प्रहरी वृत्त सिंहदरवारका प्रहरीहरु टोलीले र शंकरदेव क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको हो ।

हातमा ल्यापटप र समुदाय–प्रहरी साझेदारी लेखिएको व्यानर बोकेर क्याम्पसमा प्रवेश गर्न साथ फरक देखिएका विद्यार्थीहरु कम्पाउण्ड सम्म ओर्लेर क्याम्पस भित्र प्रवेश गरेका प्रहरीलाई स्वागत गर्दै प्रशिक्षण हल सम्म लिएर गएका थिए ।

महानगरीय प्रहरी वृत्त सिंहदरवार र शंकरदेव क्याम्पसले आयोजना गरेको साइवर अपराध बिरुद्धको प्रशिक्षण कार्यक्रममा पुरै समय कार्यक्रममा बसेर उत्सुकतापुर्वक विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

शंकरदेव क्याम्पस र महानगरीय प्रहरी वृत्त सिंहदरवारद्धारा संयुक्त रुपमा आयोजित साइवर अपराध न्यूनीकरण बिषयक चेतनामुलक प्रशिक्षण कार्यक्रममा उक्त क्याम्पसको बिबिएस दोश्रो तहमा अध्यनरत १ सय २० बढी विद्यार्थीहरु सहभागिको भएका थिए ।

आजको युवा पुस्ता जानी नजानी साइवर जस्तो गम्भीर अपराधमा फस्दै गैरहेको विधमान अवस्थामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पहिलो पटक बिबिएस स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई साइवर अपराध सम्बन्धी चेतनामुलक प्रशिक्षण प्रदान गरिएको हो ।

प्रशिक्षणको क्रममा साइवर अपराध भनेको के हो ? नेपालमा के कस्ता साइवर समस्या रहेको छ ? यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न के कस्ता उपायहरु अबलम्बन गर्नु पर्दछ ? र साइवर अपराधमा संलग्‍नलाई हुने कानूनी कारवाहीको प्रकृया र व्यवस्थाका बारेमासमेत जानकारी गराएका थिए ।

कार्यक्रममा प्रशिक्षण उक्त वृत्तमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.