-
अरुण अर्याल
काठमाडौ, वैशाख ३१: महानगरीय प्रहरी वृत्त सिंहदरबारले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बियज स्मारक विद्यालय डिल्लिबजारमा अध्यनरत विद्यार्थीसंग १ दिने प्रशिक्षणमुलक अवलोकन कार्यक्रम सम्पन गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयको विभिन्न तहमा अध्यनरत विद्यार्थीहरुलाई प्रहरीले समाजमा शान्ती सुव्यवस्था कायम गर्न अपनाउने बिबिध कृयाकलाप लगायतको गतिविधिहरु विद्यार्थीलाई जानकारी गराइएको थियो ।
भविष्यका लागि कोशेढूङगाको रुपमा रहेका विद्यार्थीलाई यस खालको कृयाकलापमा सरिक गराउन सकेको खण्डमा अपराधरहित समाज निर्माण गर्ने कर्यमा विद्यार्थीहरुले समेत अहम भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।
सिंहदरबार वृत्तले गरेको काम कारबाहीको अलावा वृत्त अन्तर्गतका विभिन्न गतिबिधीहरु विद्यार्थीलाई अवलोकन गराइएको थियो । उक्त भिजिटको क्रममा विद्यार्थीहरुका जिज्ञासाहरुको बारेमा वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक काजी कुमार आचार्य र वृत्तमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहजीकरण गरेका थिए ।

कार्यक्रम पश्चात हातमा फुल दिएर बिदाई गर्दै प्रमुख काजीकुमार आचार्यले भने आगामी जीवन यसैगरि फूल झै फूलिरहोस । प्रहरीको यस किसिमको आतिथ्यता सहितको कार्यक्रममा सहभागिता हुन पाउंदा कार्यक्रममा सहभागि विद्यार्थी तथा शिक्षकहरु शब्दबिहिन किकर्तव्यविमुढ भएका थिए ।