‘सिंह’ बस्ने सिंहदरबारमा ‘स्याल’ मात्रै भयो : अशोक राई

| 2019 May 06 | 06:34 pm 2266

काठमाडौँ, वैशाख २३ : नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सबै खाले शोषण, उत्पीडन, अपमान र समस्याहरुको अन्त्यको लागि नयाँ पार्टी बनाएको बताएका छन् ।

मान्छेद्धारा मान्छेमाथि गरिने शोषण, अपमान, उत्पीडनहरुको अन्त्य गरेर समृद्ध मुलुक निर्माण नयाँ पार्टीले गर्ने उनको भनाई छ ।

सोमबार कमलादीमा आयोजित पार्टी एकता घोषणा सभामा बोल्दै वरिष्ठ नेता राईले नयाँ पार्टीले संघीयता, सुशासन, समृद्धि र समाजवादलाई अंगिकार गर्ने बताए ।

उनले सिंहदरबारमा ‘स्याल’लाई पठाएर सुशासन नआउने बताए । तर, हिजोआज सिंहदरबारमा स्याल मात्रै कराउने गरेको उनको भनाई छ । ‘सिंहदरबारमा साच्चै सिंह बस्नुपर्छ। तर आजकाल सिंहदरबार छेउमा जाँदा स्याल कराएको सुनिन्छ,’ उनले भने, ‘सिंह कहाँ गए भनेको त प्रज्ञा भवन आएका रहेछन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.