सावधान ! सवारीको नम्बर प्लेट स्पष्ट नभएको सवारी चलाउदै हुनुहुन्छ ?

रिपोर्ट नेपाल | 2020 Mar 04 | 12:42 pm 1728

काठमाडौं, फागुन २१: महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई विशेष कारवाही अभियानमार्फत कारवाही थालेको छ ।

यसरी नम्बर प्लेट नराखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका २६ सवारीहरूलाई कारवाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गरी हिड्ने, दुर्घटना गरी फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापहरूलाई रोक्न नै यस अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।

कारवाहीमा परेका सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले तत्काल ५ सय देखि १ हजार ५ सय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.