सालकको आखेटोपहार सहित बानियाँ पक्राउ

| 2022 Mar 07 | 04:00 pm 1561

काठमाडौं, फागुन २३ः काठमाडौं महानगरपालिका-१३ सोल्टीदोबाटोबाट  २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने बस्तु र १ थान  डिजिटल तराजु सहित काठमाडौं तारकेश्वर नगरपालिका-१० नेपालटार बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ४० वर्षीय गोपाल बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री बितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु र तराजु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको बताइएकाे छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सप्तरी, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग डाक्नेश्वरी नगरपालिका-३ हटेल बस्ने १९ वर्षीय चन्दन कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साहले ती बालिकालाई घर छेउको पोखरीको डिलमुनी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहिमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.