सामाजिक संजालको माध्यमबाट अनलाईन ठगी गर्ने  दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 29 | 08:28 pm 2041

काठमाडाैं, पुस १४ः सामाजिक संजाल फेसबकमा Favour Willfered नामको आईडी प्रयोग गर्ने व्यक्तिले आफुलाई नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई Friend Request पठाई साथी बनी कुराकानी गर्दै जाने क्रममा पीडितहरुसंग whatsapp मा समेत सम्पर्क गरी बिभिन्न बहाना बनाई आफू नेपाल घुम्न आउने,  विवाह गर्ने, बहुमूल्य सामानहरु Iphone, सूनका गररहना तथा डलर समेत पठाई दिने भनी प्रलोभनमा पार्ने दुई जनालाई अपराध महाशाखाले पक्राउ गरेकाे छ ।

पक्राउन पर्नेमा पुर्वी रुकुम भुमे गाउँपालिका  ३ मोरवाङ घर भई हाल काठमाडाैं किर्तिपुर बस्ने  २२ वर्षीय सन्तोष श्रेष्ठ र  १९ वर्षीयाआशा श्रेष्ठ
रहेका छन् ।

पीडितहरुलाई दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको नामको बैंक खातामा र IME समेत बाट जम्मा ४१ लाख ९८ हजार ४ सय ५० रूपैयां पठाउन लगाई ठगि गरेको घटनाको अनुसन्धानको सिलसिलामा उक्त ठगिमा संलग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा अपराध महाशाखाबाट खटिएको टोलीले साेमबार काठमाडाैकाे सुन्धाराबाट दबैलाई पक्राउ गरी ठगि सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाैं पठाईएको सूचना अधिकृत प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.