काठमाडौं, साउन १० : २७ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटारमा छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने तयारी भइरहेकाे छ । सहमतिलार्इ अनुमदन दिनका लागि अहिले प्रधानमन्त्री कार्यलयमा मन्त्रीपरिषद्को बैठक बसिरहेका छन् ।
सहमतिमा हस्ताक्षर अघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्न गएका थिए । भेटमा डा. केसी सकारत्मक भएका डा. केसीका तर्फका वार्ता समितिका सदस्य अधिबक्ता ओम प्रकाश अर्यालले बताए ।
केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् । सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।