साढे ४ महिनापछि नेकपा क्रान्तिकारीद्वारा त्रिविको ताला फोडे

रिपोर्ट नेपाल | 2022 Jun 02 | 07:53 am 2005

काठमाडौं, जेठ १९ः त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको मुख्य गेटमा तालाबन्दी गरेको साढे ४ महिनापछि नेकपा क्रान्तिकारीले ताला फोडेका छन् । वार्ता र संवादबाट समस्या समाधान गर्न छाडेर ताला लगाउनु अनैतिक हर्कतको संख्या दिँदै फेरि तालाबन्दी नगर्न चेतावनी दिएको छ । उनीहरूले पार्टीको मध्य केन्द्रीय कमान्डका इन्चार्ज सफलद्वारा हस्ताक्षरित विज्ञप्ति टाँसेर ताला फोडेका हुन् ।

गएको माघ ७ गते उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल कार्यालयको मुख्य प्रवेशद्वार र कार्यकक्षमा तालाबन्दी गरेका थिए । ताला फोडेपछि त्रिविमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । नेकपा क्रान्तिकारीले विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउने र ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रूपमा जुनसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहने चेतावनी दिएको छ ।

पत्र टाँसेर उनीहरूले तीनै जना पदाधिकारीको कार्यालयमा लागेको ताला फोडेका थिए । अकस्मात् घटना भएकाले प्रहरी समयमा पुग्न सकेको थिएन । ताला फोडेपछि आएको प्रहरी टोलीले सीसीटिभीको फुटेज हेरेको थियो । नेपाल विद्यार्थी संघ त्रिवि इकाइले जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्युटर एप्लिकेसन’ कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घूस मागेको र घूस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका थिए । पदाधिकारीको बर्खास्तीलाई अन्तिम हतियार बनाएको नेविसंघले माग पूरा नभएसम्म ताला नखोल्ने अडान दोहो-याएको थियो ।

नेविसंघ त्रिवि इकाइ अध्यक्ष हरि आचार्यले त्रिविका पदाधिकारीकै सल्लाहमा ताला फोडेको आरोप लगाए । उनले भने– ‘पदाधिकारीले समस्या समाधान गर्न छाडेर ताला फोड्न लगाउनु गम्भीर गल्ती गरेका छन् । अब हामी के गर्ने भन्ने विषयमा चाँडै निर्णय गर्नेछौं ।’उजले ताला फोडिएको बारेमा अनुसन्धान गरेपछि मात्रै थप निर्णय गर्ने बताए । प्रहरीले ताला फोड्ने पार्टी र व्यक्तिको बारेमा जानकारी लिइरहेको छ । ताला फोड्ने कुनै गतिविधिको घोर भत्र्सना गर्दै नेविसंघका नेता आचार्यले भने– ‘यो त पदाधिकारीकै षड्यन्त्र हो ।’ उनले संगठनको माग यथावत् रहेको पनि बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.