साइवर अपराध नियन्त्रण तथा न्यूनीकरणको लागि रेडियो प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल | 2018 Jun 17 | 11:38 am 5578

परामपुर, ३ असार : छिल्लो समयमा फेसबुक, म्यासेन्जर, भाइवर, म्यासेज र ईमो लगायतका सामाजिक सञ्जालमा धेरै ठगी हुने गरेको छ ।

सामाजिक सञ्जामा “तपाईँलाई २५ लाख बराबरको रकम चिठ्ठा परेको छ, भाग्यमानी हुनुहुदो रहेछ” भन्दै सोझासाझा तथा सर्वसाधारण जनताहरूलाई फोन तथा भाइवरहरुबाट कल गरी राजस्व बापतको १० प्रतिशत रकम अग्रिम निजहरूले भने बमोजिमको खाताहरूमा जम्मा गर्नु पर्ने भन्दै ठगि गर्ने गिरोहहरू बढ्नका सामाजिक सञ्जालको दुरुपयोग बाट पारिवारिक तथा सामाजिक विकृतिहरू समेत बढ्दै गैरहेको छ ।

यस्ता गिरोहहरूबाट सजग गराउनका साथै नियन्त्रण तथा न्यूनीकरण गर्ने अभिप्रायले इलाका प्रहरी कार्यालय रामपुरको सक्रियतामा रेडियो सामुदायिक रामपुर पाल्पाले कार्यक्रम आयोजना गरेको छ । आइतबार बिहान करिब आधा घण्टा सम्म एक रेडियो अन्तर सम्बाद कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अन्तरमा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले साइबर अपराध कसरी हुन्छ । फेसबुक, भाइवर, इमो लगायतका डिभाइसेसहरु चलाउँदा ध्यान दिनु पर्ने कुराहरू, अपराधको बारेमा उजुरी गर्ने तरिका लगायतको कानुनी व्यवस्था, यसको हदम्याद र साइवर अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न समाजका अन्य संघ संस्था तथा संचार जगतको भूमिका तथा समाधानका उपायहरू बारेमा समेत उक्त अन्तर सम्बाद कार्यक्रम मार्फत रेडियो सुनेर बस्ने श्रोताहरूलाई प्रशिक्षित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.