सहिद स्मारक ए डिभिजन लिग : आठौँ पटक कीर्तिमान बनाउने दाउमा मनाङ

रिपोर्ट नेपाल | 2018 Dec 27 | 03:36 pm 1674

काठमाडौं, पुस १२ :  सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बिहीवार) मनाङ मर्स्याङ्दी र संकटा क्लबबीच भिडन्त हुँदै छ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र संकटाबीचकाे खेललालाई यस सिजनकै प्रतिक्षित खेल मानिएकाे छ ।

यस खेलको नतिजाले सिजनको उपाधि छिनोफानो हुने समिकरण पनि रहेको छ । एन्फा कम्प्लेक्स मैदानमा हुने ११औँ चरणको खेलमा शीर्ष स्थानमा रहेको मनाङले संकटालाई पराजित गर्न सके मनाङले दुई खेल अगावै लिगको उपाधि पक्का गर्नेछ। मनाङले संकटालाई पराजित गरेमा मनाङ कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन बन्नेछ।

उता संकटा भने मनाङलाई रोक्दै उपाधि होडमा आफूलाई पनि कायम राख्ने लक्ष्यमा छ । यदी संकटाले मनाङलाई पराजित गरेमा मनाङको अपराजित यात्रा टुङ्गिनेछ । बराबरी भएको खण्डमा भने मनाङले अर्को खेलको नतिजा आफू अनुकुल बनाउनु पर्नेछ ।

मनाङले लिगमा शत प्रतिशत जितको नतिजालाई निरन्तरता दिँदै शीर्ष स्थान कायम गरेको छ । १० खेलमा मनाङले १० जित दर्ता गर्दै ३० अंक जोडेको छ । संकटाले भने ८ मा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अंक जोडेको छ। संकटाले यस सिजन आर्मीसँग मात्र हार बेहोरेको थियो भने नेपाल पुलिस, हिमालयन शेर्पा र च्यासल जस्ता बलिया मानिएका क्लबलाई पराजित गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.