काठमाडौँ २६ चैत / नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई सरकारी प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति गठन गर्न किन तयार नभएको भन्दै प्रश्न गरेका छन् ।
सामेबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट कांग्रेस पछि नहेटेको बताउँदै गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले भने- ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो ।
हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’