मोरङ्ग मंसिर २२: मोरङ्ग जिल्लाको रंगेली नगरपालिका ६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव तीन लाख छ हजार रुपैयाँ बराबरको चोरीनिकासीको केराउ बरामद गरेको छ ।
मे १ त २५५ नम्बरको ट्याक्टरमा राखी अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको ३ हजार ८ सय २५ के.जी. केराउ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण मोरङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले केराउ लैजान प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरेको छ । बरामद केराउ तथा ट्याक्टर भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ । बरामद ट्याक्टरको भन्सार दाखिला मुल्य ६ लाख रुपैयाँ रहेको छ ।