सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

| 2021 May 23 | 07:16 pm 4041

कञ्चनपुर, जेठ ९ः जिल्लाको बेलौरी नगरपालिका १० भुडास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ ग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिणामको खैरो हेरोईन फेला परेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका २५ सिर्सियास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र १० ग्राम गाँजासहित सोही जिल्लाको वीरगंज महानगरपालिका १ बस्ने शाहिल मियालाई पक्राउ गरेको छ ।

भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

पक्राउ परेका मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.