सशस्त्र प्रहरीद्वारा पानीमा डुवेर बेपत्ता भएकाको शव फेला

रिपोर्ट नेपाल | 2021 Jul 09 | 05:58 pm 1529

चितवन, असार २५ः जिल्लाको माडी नगरपालिका ३ स्थित खनी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ ।

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका घर भई चितवनको माडी नगरपालिका ६ दिवाकर स्मृती प्राविधि शिक्षालयमा अध्ययनरत २१ वर्षीय हिक्मत शाही नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छरछरेबाट खटिएको सशस्त्र प्रहरीले उनको शव उक्त खोलाबाट बाहिर निकालेको हो ।

चोरीपैठारीका लत्ताकपडा बरामद
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित रानी जोगवनीबाट सशस्त्र प्रहरीले करीव ३ लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट भन्सार छली नेपाततर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.