बाँके, असार २९ः जिल्लाको जानकी गाउँपालिका १ बढैयास्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालपतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
काठ बरामद
झापा जिल्लाको कन्काई नगरपालिका ४ तथा शिवसतासी नगरपालिका १० स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १२ लाख ५० हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ ।
अवैध रुपले ओसार पसार गर्दै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको साल, सिसौ, खयर र सिरिसको काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।