सशस्त्र प्रहरीद्वारा अवैध लागूऔषधसहित एक पक्राउ, शव फेला तथा बाढी विस्थापित स्थानान्तरण

| 2021 Sep 07 | 07:23 pm 2397

काठमाडौं, भदाै २२ः विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको छिपरमाई गाउँपालिका ५ भिष्वास्थित सीमा ईलाकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरापालिका १५ बस्ने राजकुमार पटेल रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ५ सय वटा, डाईजेपाम ५ सय वटा र प्रोथाजिन ५ सय वटा फेला पारेको हो ।

पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ४० वटा निट्राभेट ट्याब्लेटसहित एक जनालाई
पक्राउ गरेको छ । सोही जिल्लाको रतुवामाई नगरपालिका ६ बस्ने १९ वर्षीय बिदेक किष्कुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

पक्राउ परेका किष्कुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

नुहाउने क्रमाम बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरस्थित कञ्चनिया खोलामा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण थारु भाद्र १९ गते उक्त खोलामा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश महाराजगंजबाट उनको खोज तथा उद्वार खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।

विस्थापीत भएका १९ जनालाई सशस्त्र प्रहरीद्वारा सुरक्षित स्थानमा स्थानान्तरण 
झापा जिल्लाको गौरीगंज गाउँपालिका १ स्थित माईखोलामा आएको बाढि सोही ठाउँमा रहेको सतार टापुमा रहेको बस्तीमा पसेपछि विस्थापीत भएका करीव चार घरपरिवारका १९ जना व्यक्तिलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

उक्त खोलामा आएको बाढी धार परिवर्तन भएर सो बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुन्जिवारीबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.