सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान तथा औषधि बरामद

| 2021 Jul 30 | 08:49 pm 4573

कञ्चनपुर, साउन १५ः जिल्लाको भिमदत्त नगरपालिका १२ घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ६ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १५ बोरा बिडी र १ बोरा प्लाष्टिक बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बधौरास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको श्रृङ्गारको सामान बरामद गरेको छ ।

भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त श्रृङ्गारको सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय सिरहामा बुझाईएको छ ।

विभिन्न किसिमका औषधि  बरामद
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सिमरीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय सुठौली कपिलबस्तुमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.