सशस्त्र प्रहरीको संरक्षणमा तस्करी सुचारु, आईजिपी र डिआइजीको नाममा रकम असुली

| 2023 Oct 13 | 11:20 am 3585

वीरगन्ज, असोज २६ । पर्सा र बारामा व्यापक रुपमा संस्थागत तस्करी सुरु भएको छ । पर्साको वीरगन्ज र बाराको बलिरामपुर नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी फस्टाएको हो । पर्सामा विगत केही दिन देखि बन्द रहेको तस्करी पुन:  सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म वीरगंज भन्सारको मातहत रहेको विभिन्न नाकाहरुबाट व्यापक रुपमा सूचारु गराइएको छ।

वीरगंज भन्सार, ईनार्वा गाऊ , नगवा, छपकैया, भकुवा र बाराको बलिरामपुर, मुशहार्वा, छतवा र मटिआर्वा नाकाबाट ठुलो मात्रामा लत्ताकपडा, हार्डवेयर, काजु, जुत्ता चप्पल र पटाका रजनीगन्धाको रातभरि तस्करी हुँदै आएपनि सशस्त्र प्रहरी बाराका प्रमुख र पर्साका प्रमुख कानमा तेल हालेर बसेका छन।

सशस्त्र प्रहरी पर्साका एसपी किशन कर्मचार्य र बाराका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक टोप बहादुर डाङ्गी हुन्। बारा र पर्सामा ठुलो मात्रामा पिकअप र ट्याकटरबाट तस्करी भईरहदा पनि दुबै जिल्लाको प्रमुखले आफु आएको दिन देखिनै जिल्लामा हुने तस्करीमा कडाई गरेको दाबी गर्छन।

सशस्त्र प्रहरी बल १३ नम्बर गणले चाडपर्बको बेलामा तस्करी नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरीका हवल्दार घनश्याम परियार र सशस्त्र प्रहरीका राजाराम पटेललाई खटाएको जनाइए पनि उनले सशस्त्र प्रहरीका आईजिपी राजु आर्यल र मधेश प्रदेशको डिआईजि दिपेन्द्र शाहको नाममा व्यापक रकम असुली तस्करलाई सहयोग गर्दै आएका छन।

पर्सामा घुुवाहरुले दशैको बेलामा सर्वसाधारणले घरयासी प्रयोजनका लागि सानो मात्रामा सामान ल्याउँदा पैसा दिए छाडिदिने र नदिए समाएर बुझाउने गरेका छन् । थोरै सामान ल्याउनेहरुलाई समाउने घुमुवाहरुले ठुला तस्करहरुसँग माथिल्लो निकायमा बुझाउनु पर्ने भन्दै  रकम उठाई तस्करीको लाईन खुल्ला गरि आतंक मच्चाउदै आएको स्थानियहरुले बताएका छन् ।

वीरगन्ज आसपास रहेका नाकाबाट रजनीगन्धा, लत्ता कपडा, सटिङसुटिङको कपडा, हार्डवेयर, मोटरपार्टस, पटाका, स्टिलको भाँडाकुँडाहरु लगायतका सामानहरुको व्यापक तस्करी भैरहेको छ । उदेक लाग्दोकुरा त यो छ कि सशस्त्र प्रहरीकै मान्छेहरु नै तस्करीलाई प्रोत्साहन गरिरहेका छन् ।

बाराको बलिरामपुर, बरैनिया र मुशहार्वा बिओपीको मिलोमतोमा तस्करी हुदैआएको छ भने वीरगंज भन्सार, ईनार्वा गाऊ र छपकैयाबाट सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारको प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहको मिलोमतोमा व्यापकरुपमा तस्करी भईरहदा पनि माथिल्लो निकाय समेत मौन रहकोले स्पष्ट रुपले बुझ्न सकिन्छ।

यी नाकाहरुबाट तस्करी बढ्दै गएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली समेत प्रभावित हुँदै गएको छ । नेपाल भारतको प्रमुख प्रवेशद्वारको रुपमा रहेको पर्सा जिल्लाका ग्रामीण भेगबाट पर्सा प्रहरीले ठूलो मात्रामा तस्करीको लाईन संचालन गर्न तस्करहरुलाई छुट दिएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको हो ।

छिमेकी मुलुक भारतको रक्सौलबाट दैनिक रुपमा ५ सय कपडाको गाठहरु बलिरामपुर ,वीरगंज भन्सार , ईनार्वा गाऊ र छपकैयाबाट अवैध रुपमा भन्सार छलेर सशस्त्र प्रहरीको मिलोमतोमा त प्रवेश गराउन प्रहरी प्रमुखहरुले तस्करी गर्न छुट दिएकाछन् ।

बाराको बलिरामपुर र ईनार्वा गाऊबाट भित्राएको अवैध लत्ताकपडाहरु गल्तिले सशस्त्र प्रहरी बल गणको टोलीले समाते पछि तस्कर र सशस्त्र प्रहरी बिच विवाद भएपछि अर्कै पार्टीको माल हो भन्ने खबर आएपछि गल्तीले समाते स्विकारे पछि बिवाद मिलेको तथ्यले प्रमाणित हुन्छ।

सशस्त्र प्रहरीको मिलोमतोमा बारा र पर्साबाट ठूलो मात्रामा तस्करी सञ्चालनमा आउँदा आफ्ना व्यापार व्यवसाय प्रभावित भएको वीरगन्जका व्यापारीहरु बताउँछन् । पर्सा र बारामा ठुलो मात्रामा तस्करी सुचारु भएपनि यस्ता गतिविधितर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.