सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवक घाइते

| 2021 May 19 | 12:51 pm 3461

पश्चिम नवलपरासी, जेठ ५ः सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एकजना युवक घाइते भएका छन्। घाइते हुनेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२  बर्षिय अविनाश राजभर रहेका छन् ।

उनलाई घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा खुट्टामा गोली लागेर घाइते भएका हुन्।

घाइते युवकको उपचारका लागि आफन्तले शहिद स्मृति सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ ।

बुधबार बिहान २ जना युवक बनकट्टीको उक्त घोला नाकाबाट भारततर्फ सरसामान लिन जान खोज्दा सशस्त्र प्रहरी टोलीले रोकेको थियो ।

ती युवाहरु जान नपाएपछि विवाद भएको थियो भने पछि दर्जनौं युवा आएर ड्युटीमा खटिएकाहरुमाथि आक्रमण गर्न थालेपछि  प्रहरीले फायरिङ गरेको बुझिएकाे छ ।

सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीका अनुसार स्थानीय ५०–६० जना आएर ड्युटीमा खटिएका सशस्त्र प्रहरी र पोस्ट माथि ढुंगामुढा गरेकाले भिडलाई तितरबितर पार्न केही राउन्ड हवाइ फायर भएको बताए । स्थानीयसँगको झडपमा एकजना सशस्त्र प्रहरी पनि घाइते भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.