सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट व्यवस्थापन तथा योजना तालिम समापन

रिपोर्ट नेपाल | 2021 Jan 18 | 07:55 pm 1729

काठमाडौं, माघ ५ः खुल्ला तथा दुर शिक्षा केन्द्र र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थको आयोजनामा संचालित सि.सं. ४ व्यवस्थापन तथा योजना तालिम सम्पन्न भएको छ ।

No description available.

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले साेमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक कार्यक्रममा उक्त तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गर्नुकासाथै उक्त तालिमको समापन गरेका हुन् ।

उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिमले प्रशिक्षार्थी अधिकृतहरुको ज्ञान तथा  क्षमता अभिबृद्धि गर्नुकासाथै कुशल अधिकृत उत्पादनमा समेत टेवा  पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, विपद् पीडित
नागरिकहरुको उद्धार लगायतका कार्यसम्पादनकासाथै कोभिड–१९ महामारीको बेला समेत अहोरात्र कार्यक्षेत्रमा परिचालन भई विशिष्ट योगदान पुर्याईरहेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कमाण्डर तहका
सशस्त्र प्रहरी अधिकृतले मातहत कर्मचारीलाई समेत प्रशिक्षण, अनुगमन तथा कुशल नेतृत्व प्रदान गरी सामूहिक भावनाकासाथ व्यावसायिक कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा इमान्दारिता, अनुशासन र पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा जुट्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुुँदै आ–आफ्नो नियुक्तिका क्षेत्रहरुमा तन, मन र वचनकासाथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने उल्लेख गरे ।

No description available.

त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. शिवलाल भुषालले यस्ता तालिमबाट प्राप्त योजना तथा व्यवस्थापकिय ज्ञानले सांगठानिक विकासका लागि आवश्यक नीति नियम तथा योजना निर्माणमा योगदान पुर्याउन सक्ने योग्य अधिकृत
उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

प्रोफेसर डा.कृष्णहरि वास्कोटाले यस्ता तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक कार्यसम्पादन गर्दा समयानुकुल सफलता प्राप्त हुने चर्चा गर्दै ज्ञान प्राप्त गर्न सधैंव तत्पर रहनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रोफेसर डा.नरेन्द्रराज पौडेलले उक्त तालिमको महत्वबारे प्रकाश पारेका थिए। एक महिना कार्यअवधिको व्यवस्थापन तथा योजना तालिम ३२ जना सशस्त्र प्रहरी उपरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगाएत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुई जना पक्राउ
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित कुचैनी जंगलबाट साेमबार एपीएफ टोलीले दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय मंग्रु चौधरी र ६० वर्षीय कालीबहादुर सुनार रहेका छन् । जंगलमा शिकार खेलीरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४३ गण कैलालीबाट गस्तीमा खटिएको एपीएफ टोलीले उक्त भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट २२ वटा सिसाको गोली, बारुद जस्तो देखिने पदार्थ २ बट्टा, चक्कु १ वटा, स्क्रुड्राईभर १ वटा, ईम्प्रोभाईज केप १८ वटा र १ वटा मोवाईल सेट समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद भरुवा बन्दुक तथा उल्लेखित सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय चौमालामा बुझाईएको छ ।

आगलागी नियन्त्रण
काठमाडौ महानगरपालिका १४ रविभवन नजिकै रहेको सोल्टी सिटि अपार्टमेन्टमा साेमबार भएको आगलागी एपीएफ टोली र स्थानीय प्रहरीले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको छ ।

उक्त अपार्टमेन्टको तेह्राैं तल्लामा विद्युतीय तार सर्ट भई भएको बताईएको उक्त आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गण निलबाराही, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण विपद् उद्धार उपत्यका र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ बाघभैरव गुल्मबाट खटिएको एपीएफ टोली सकृयताकासाथ आगलागी नियन्त्रणमा जुट्नुकासाथै सो आगलागीमा परेका ९ जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक  सुमन शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.