सशस्त्र प्रहरी बलका चार जना नायव महानिरीक्षकको सरुवा

रिपोर्ट नेपाल | 2020 Feb 11 | 07:47 am 1568

काठमाडौं, माघ २८: सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चार जना नायव महानिरीक्षकको सरुवा गरेको छ भने पाँच जनाको पदस्थापन गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार डीआईजीहरुको सरुवा र पदस्थापन गरेका हुन् ।

नम्बर ३ बाहिनीका बाहिनीपति चीरञ्जीवी अधिकारीलाई प्रधान कार्यालय मानवस्रोत विभागमा सरुवा गरिएको छ भने उनको ठाउँमा कृष्णभक्त ब्रम्हाचार्यलाई पदस्थापन गरिएको छ ।

यसैगरी नम्बर ७ बाहिनीको बाहिनीपतिमा हरिशंकर बुढाथोकीलाई पदस्थापन गरिएको छ । सो बाहिनीका बाहिनीपति गोविन्द क्षेत्रीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रविणकुमार श्रेष्ठलाई लगिएको छ । अब उनैले सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी बहन गर्ने छन् ।

हालै बढुवा भएका बंशीराज दाहाललाई मानवस्रोत विभाग, ई किशोर प्रधानलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र राजेन्द्र बस्नेतलाई एपीएफ कमान्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ ।

नम्बर ४ बाहिनीको बाहिनीपतिको जिम्मेवारी कविन्द्रमान श्रेष्ठलाई दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.