सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा श्रेष्ठ नियुक्त

रिपोर्ट नेपाल | 2018 Nov 18 | 06:22 pm 2751

काठमाडौँ,मङ्सिर  २ : सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.