सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच मैत्रीपूर्ण फुटबल तथा पत्रकार सम्मेलन

| 2023 May 01 | 04:50 pm 1357

काठमाडौं, बैशाख १८ः सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बैशाख १८ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालसहित सशस्त्र प्रहरी बल नेपालको टीमले सो खेलमा संचारकर्मीहरुको टीमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको छ ।

सोही दिन प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको विषयमा संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए भने सशस्त्र प्रहरी बल नेपालबाट २०७९ सालमा भए गरेका काम कारवाही बारे सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल लगायत विज्ञ संचारकर्मीहरु, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

२०७९ सालमा सशस्त्र प्रहरी बल नेपालमा भएका कार्यहरुको विवरण नितिगत कार्यहरु
१. FPU मिशन छनौट निर्देशिका संशोधन गरि सेवा अवधिका आधारमा जेष्ठ सप्रकहरु मिसनमा सहभागि हुन पाउने व्यवस्था ।
२. कमाण्डको लागि पुर्वानुमान सूचि प्रकाशन गरी कार्यान्वयन गरिएको ।
३. BMI को लागि कार्यविधि निर्माण गरी लागु गर्ने प्रक्रृयामा रहेको ।
४. सशस्त्र प्रहरी कर्मचारीहरुको समग्र वृति विकासलाई ध्यानमा राखी कुल १६०४८ जना सशस्त्र प्रहरी   कर्मचारीहरुको बढुवा¸ विशेष बढुवा¸ पदस्थापना¸ सरुवा¸ सरुवा समायोजन तथा नयाँ नियुक्ति गरिएको ।
५. सशस्त्र प्रहरी कर्मचारीहरुले कुटनैतिक नियोग तथा विभिन्न नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश जारी गरिएको ।
६. खेलकुदको माध्यमबाट राष्ट्रको मान प्रतिष्ठा र गौरव बढाउन विशेष योगदान पुर्याएका १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई एक तह विशेष बढुवा गरिएको ।
७. पुरस्कार तथा सम्मान कार्यविधि बनाई कार्यान्वयन गरिएको  ।
८. सुरक्षा बेश बदली निर्देशिका परिमार्जन  गरिएको  र हरेक ६÷६ महिनामा वेश वदली । फौजी संरचना अनुसारको चेन अफ कमाण्ड बढि मजबुत बनाउन ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरुमा सप्रनाउ खटाईएको ।
९. विदेश तालिम नीति तर्जुमा गरी नियमसंगत रुपमा क्राईटेरिया भित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था मिलाईएको  ।
१०. संगठनमा १२ बर्ष र २५ बर्ष सेवा अवधि पुगेका सप्रकहरुलाई राष्ट्रसेवा पदक उपलब्ध गराउन पहल गरिएको ।
११. भौतिक पुर्वाधारहरुको निर्माण कार्य निर्माण कार्यविधि अनुसार गरिएको  ।
१२. सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने निति अख्तियार गरिएको  ।

संस्थागत कार्यहरु (BIRD Concept)
१. नापी विभागबाट स्ट्रिप नक्सा ल्याई तालिम दिने र प्रयोग गर्ने कार्य भएको  ।
२. MINSUMA FPU मिसन मालीको लागि तयारी पुरा भई सबै बन्दोवस्तीका सामान सहित १४० जनाको टोली परिचालन हुने अवस्थामा रहेको । १८० जना दक्षिण सुडानमा शान्ति स्थापनार्थ परिचालित छन भने UNPOL मा २६ जना रहेका छन् ।
३. APF IG र SSB DG बिचको समन्वयात्मक बार्षिक बैठक २०७९ सालमा नेपालमा आयोजना गरिएको । अन्य तहमा यो वर्ष नेपाल भारत बीच १५३ वटा र नेपाल चीन बीच ९ वटा बैठक सम्पन्न भएको ।
४. Professional Activities Cycle-PAC संचालनमा ल्याउने कार्य भएको ।
५. गृह मन्त्रालय र NDRRMA को समन्वयमा सशस्त्र प्रहरी वल नेपाललाई प्राप्त Mass Casualty Vehicle तथा सुविधासम्पन्न Ambulance हरेक प्रदेशमा परिचालन गरिएको ।
६. ट्रयाकसुट¸स्पोर्ट्स सुज र हिमाली कपडाहरु खरिद गर्ने तयारी गरिएको ।
७. युनिटहरुमा आगन्तुकहरुको स्वागतमा खादा र फुलको खरिदलाई निरुत्साहित गरिएको  ।
८.  गोताखोर तालिम तथा टोलीको थप परिचालनको लागि आवश्यक तयारी गरिएको  ।
९. CTEVT को समन्वयमा Post Retirement Courses हरु संचालन शुरुवात गरिएको  ।
१०. सशस्त्र प्रहरी कर्मचारीहरुको नियमित काउन्सिलिङ्गको व्यवस्था मिलाइएको ।
११. नेपाल एपिएफ अस्पताल र सशस्त्र प्रहरी परिवार महिला संघ मार्फत योजनावद्ध रुपमा Health Camp संचालन गर्ने कार्य भईरहेको । सशस्त्र प्रहरी परिवार महिला संघले राहत वितरण कार्य समेत गर्दै आईरहेको  ।
१२. Online Leave Management System लागु गरिएको । सरुवा फाराम भर्न लगाई सम्भव भएसम्म रोजेको क्षेत्रमा सरुवा गर्ने व्यावस्था मिलाईएको  ।
१३. युनिटहरुको स्थापना दिवस मनाउन शुरु गरिएको  ।
१४. २०७९ चैत्र महिनामा बरिष्ठ अधिकृत सम्मेलनको आयोजना गरिएको ।
१५. सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको । यसै क्रममा विभिन्न ६५ युनिटहरुमा जवान मेशहरुको स्तरोन्नती गरिएको  । जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण गरिएको । एक जवान एक बेडिङ्ग अवधारणा लागु गर्ने अवधारणा अनुसार करिव ८५ प्रतिशत कर्मचारीहरुको लागि बेडिङ्ग तयार भईसकेको र ७० युनिटहरुमा सिसु स्याहार केन्द्र स्थापना गरिएको ।
१६. सशस्त्र प्रहरी बल नेपालका ईकाईहरुमा ईन्डक्सन चुल्हो प्रयोगको शुरुवात गर्न बिजुलीको क्षमता बृद्धि  कार्यको थालनी भएको ।
१७. कल्याणकारी सेवा केन्द्रबाट फ्रेन्च भाषाको पढाईलाई निरन्तरता दिने तयारी रहेको  ।
१८. स.प्र.बल परिवार महिला संघ र PABSON तथा विभिन्न अस्पतालहरु बिचको सम्झौता (MOU) भई कार्यान्वयन समेत भईरहेको  ।
१९. प्रधान कार्यालयको मुल गेटमा डिजिटल Display बोर्ड राखिएको ।
२०. एपिएफ समर्पण मासिक पत्रिका प्रकाशनको शुरुवात गरिएको  ।
२१. नेपाल विद्युत प्राधिकरणको समन्वयमा चार्जिङ्ग स्टेशनहरु निर्माण कार्य शुरु भईसकेको र विभिन्न १७ स्थानमा स्टेशन शुरु गर्ने सम्झौता रहेकोमा पोखरामा तयार भईसकेको  ।
२२. सवै तहका सशस्त्र प्रहरी कर्मचारीहरुले सशस्त्र प्रहरी महानिरीक्षकलाई प्रत्यक्ष भेटघाटको समय तालिका मिलाईएको  ।
२३. आ.ब.०७९/८० को वैशाख १६ गते सम्ममा सशस्त्र प्रहरी बल, नेपालका बिभिन्न युनिटहरुले अबैध रुपमा चोरी निकाशी तथा पैठारी गरिरहेको अवस्थामा ९६ करोड ९५ लाख ७ हजार ७ सय ९३ रुपैयाँ बराबरको माल बस्तु नियन्त्रणमा लिई सम्बन्धित कार्यालयहरुमा बुझाइएको । आ.ब.०७८/७९ को यो समयमा  ७९ करोड ८५ लाख ९९हजार ६३ रुपैयाँ रहेको ।२४. २०७९/८० मा फोर्समार्च वा LRP परिचालन १९,७१७ वटा भएको । १९ वटा विभिन्न प्रकारका पेस्तोल¸ १६ वटा भरुवा तथा एअर बन्दुक लगायत थुप्रै विष्फोटक पदार्थहरु बरामद गरी सम्वन्धित निकायमा बुझाईएको । ४२८३ केजी गाँजा¸ ३५ केजी चरेश तथा ४०,४९५ ट्यावलेट लगायतका विभिन्न किसिमका लागु पदार्थहरु बरामद गरी सम्वन्धित निकायलाई बुझाइएको ।
२५. सीमा क्षेत्रका १९ स्थानमा १६६ वटा घरटहरा हटाइएको, १९ वटा अन्य भौतिक संरचना निर्माणमा रोक लगाइएको, १० स्थानमा ५९.८५ कि.मि. खेतीपाती हटाइएको र करिव २४ कि.मि दशगजा क्षेत्रमा सरसफाई गरिएको ।
२६.आ.व.०६२÷०६३ देखि आ.व.०७९÷०८० सम्म २८,८३८ वटा घटनाहरुमा ३,३०,३७४ संख्यामा जनशक्ति परिचालित भएको । यसै वर्ष देशभर १,५८८ वटा विपद्का घटनाहरुमा २,४८८ जना घाईतेहरुको उद्धार र ९२८ जना मृत्यु उद्धार गरिएको । जसमा १७,४८९ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएकोे । साथै विभिन्न स्थानहरुवाट माग भए बमोजिम ७७ वटा घटनाहरुमा २९९ गोताखोर परिचालन भएको ।
संरचनागत कार्यहरु
१. सीमा सुरक्षा विभागको स्थापना गरी व्यवस्थित कार्य आरम्भ गरिएको  ।
२. सशस्त्र प्रहरी बल¸नेपालको बाहिनीहरुमा आवश्यक सम्पूर्ण तयारीका साथ फिल्ड अस्पतालको सञ्चालन क्रमिक रुपमा भईरहेको  ।
३. प्रति आतंकबाद ईकाई गठन गरी कार्य आरम्भ गरिएको  ।
४. अस्पताल र निवृत्तिभरण शाखामा समन्वय एवं सहायता कक्ष स्थापना गरिएको  ।
५. Tele–medicine सेवा शुरु गरिएको  ।
६. Border Resource and Research Centre (APF–BRRC) को स्थापना गरिएको  ।
७. झापा, बारा, दाङ्ग, बर्दिया र दार्चुला लगायतका जिल्लाहरुमा २१ वटा विओपिको स्थापना गरिएको  । क्रमश अन्य जिल्लाहरुमा पनि थप गर्दै जाने योजना रहेको  ।
८. प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन ईकाइ स्थापना गरिएको। विभिन्न माध्यमबाट प्राप्त ५२० गुनासोहरु मध्ये ५१८ फर्छौट भइसकेको छ भने २ वटा छानविनको क्रममा रहेको  ।
९. अस्पताल¸सीमा विभाग र अनुगमन तथा गुनासो व्यवस्थापन ईकाईमा हट लाईन सेवाहरु थप गरी कार्यान्वयनमा ल्याइएको  ।
१०. नेपाल एपिएफ अस्पतालमा ९० बेड क्षमताको Severe Acute Respiratory Infections (SARI) स्थापना गरिएको ।
११. यस वर्ष विभिन्न ईकाइहरुवाट १९,६९५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम प्राप्त गरिसकेका छन् भने १,८७८ जना तालिमरत छन् । ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरुले विदेश तालिम तथा सेमिनारहरुमा सहभागिता जनाई सफलतापुर्वक तालिम सम्पन्न गरेको । हालसम्म विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु २२३० जना रहेका छन भने अन्य निकाय तथा संघसंस्थाहरुलाई प्रदान गरिएको विपद व्यवस्थापन तालिम १,३५१ जना रहेको ।

भावि योजनाहरु
१. सीमा सुरक्षा र विपद व्यवस्थापन विषय समेटेर PGD कक्षा शुरुवात गर्ने तयारी अन्तिम चरणमा पुगेको  ।
२.“सीमा स्तम्भको मर्मत संभार र पुनस्र्थापना सम्बन्धी कार्यविधि, २०७९“ तयार भईरहेको ।
३. सीमा सुरक्षा सहजीकरण समितिको कार्यविधि¸ २०७९ तयार भईरहेको ।
४. अस्पतालको स्तरोन्नति गरी बेड क्षमतामा बृद्धि गर्ने काम हुदै ।
५. अस्पतालका आर्थिक कारोबारहरुलाई सफ्टवेयर मार्फत निग्रानी गर्ने कार्यको लागि आवश्यक तयारी भएको  ।
६. उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई रु. १० हजार भत्ता सहितको पारिवारिक भ्रमणको व्यवस्था मिलाउने तयारी गरी कार्यान्वयनको चरणमा ।
७. नेपाल ए.पि.एफ. अस्पताल मार्फत सम्पूर्ण तयारी गरी प्रसुति सेवा तथा डायल्यासिस सेवा सुरुवात गर्ने तयारी भईरहेको  ।
८. अस्पतालमा HA, Nursing / Lab Technician का कार्यक्रमहरु संचालन गर्ने तयारी पुरा  भईसकेको  ।
९. Border Area Development Program (BADP) लागु गर्ने अवधारणा तयार गरिएको  ।
१०. कैलाली र सप्तरीमा विपद व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने तथा मनाङ्गमा High   Altitude तालिमको संचालन गर्ने तयारी भईरहेको  ।
११. कर्मचारीहरुको वृत्ति विकास योजना तयार भईरहेको  ।
१२. रेल्वे सुरक्षा गुल्म स्थापना गर्ने तयारी गरिएको  ।
१३. विपद् व्यवस्थापनको लागि INSAARAG बाट मान्यता प्राप्त Medium Level Search and Rescue Team तयार गर्ने तयारी गरिएको ।
१४. अन्य दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुका लागि आवास कर्जाको सुरुवात गर्ने तयारी भएको  ।
१५. जुनियर अधिकृतहरुलाई चारपाङ्ग्रे सवारी कर्जा उपलब्ध गराउने तयारी भएको  ।
१६. सबै प्रदेशमा Disaster Management गुल्महरुको स्थापना गर्ने र समुदायमा Disaster Community Volunteers उत्पादन गर्ने योजना रहेको  ।
१७. एपिएफ स्कुललाई सबै प्रदेशमा विस्तार गर्ने तयारी भईरहेको ।
१८. Digital Border Concept को कार्यान्वयन गर्ने तयारी भईरहेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.