सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीबाट तालिम समापन

| 2021 Mar 12 | 08:50 pm 4269

काठमाडौं, फागुन २८ः राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि संचालित सिसं २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार आयोजित एक समारोहकावीच उक्त तालिमको समापन गरेका हुन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख
गर्नुहुँदै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताए । उनले चेन अफ कमाण्ड कुनै पनि फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै चेन अफ कमाण्डको पालना गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई आ–आफ्नो तहबाट योगदान
पुर्याउनुपर्ने उल्लेख गरे ।

उनले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा
पछिल्लो पिडीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशिल रहन निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक बिकास अधिकारीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम भएका छन् ।  करीब ६ हप्ता अवधिको उक्त तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित पक्राउ
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका २ सप्तकोशीबाट एपीएफ टोलीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेल्का नगरपालिका ९ बस्ने २२ वर्षीय सुमन राई रहेका छन् ।

सोही ठाउँमा रहेको खैरघारीमा शिकार खेल्दै हिडेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट खटिएको एपीएफ टोलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई बरामद बन्दुकसहित आवश्यक कारवाहीको लागि ईप्रका चतरामा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन पक्राउ
सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकबाट एपीएफा टोलीले ४४ वटा नाईट्राभेट ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ३ बस्ने २० वर्षीय दशरथ मण्डल, १९ वर्षीय प्रेमकुमार झा र सुरजकुमार सदा रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मार्डरमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.