सवारी ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 10 | 08:48 am 2630

पर्वत, असाेज २४ः सवारी ज्यान मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार प्रतिबादी २३ बर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारी का  ५७ बर्षीय चन्द्र हादुर केसी रहेका छन ।

केसीलाई धादिङ जिल्ला अदालतले २०५४ असार १७ गते २ महिना २२ दिन जेल र १ हजार रुपैया जरिवाना गरेको थियो । खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटीएको प्रहरी टोलीले पर्वत कुश्मा नगरपालिका ७ खरेहाबाट पक्राउ गरी जेल चलान गरिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

यस्तै प्रहरीले लागूऔषध मुद्दाका आरोपी ११ बर्षपछि पक्राउ गरेको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका २ ठापाठानाका ३७ बर्षीय रुबेन क्षेत्रीलाई घरबाटै पक्राउ गरेको हो ।

क्षेत्रीका बिरुद्ध कास्की जिल्ला अदालतले २०६६ जेठ ८ गते १ बर्ष १० महिना ६ दिन कैद सजाय सुनाएको थियो । क्षेत्रीलाई पनि पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.