सवारी चालक अनुमति पत्र बनाईदिन्छु भनि पैसा ठगी गर्ने दुई पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 22 | 01:08 pm 2012

काठमाडौं, माघ ८: सवारी चालक अनुमति पत्र बनाईदिन्छु भन्दै पैसा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुरा जुगाडा गाउँपालिका ६ घर भई हाल ठुलोभर्‍याङ बस्ने २५ वर्षीय मानबहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका ४ घर भई हाल स्वयम्भू बस्ने ३८ वर्षीय गणेश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबारका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय ठुलोभर्‍याङ, स्वयम्भूमा सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराईदिने भनि दुई हजार लिने ब्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.