सल्यानमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

| 2020 Mar 27 | 09:05 am 1807

सल्यान, चैत १४: गएराति सल्यानको मार्केबजार नजिकै बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको छन्।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

ना ३ ख ७९७५नम्बरको बस शारदा नगरपालिका–८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गर्दा बिहीबार राति बस मार्केबजार नजिकै दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परी शारदा–८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २८ वर्षीय थमन चलाउने र वडा नम्बर ५ का २७ वर्षीय खेमराज बुढाथोकी घाइते भएका छन्।

उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताइएको छ।

बसको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.