सर्वोच्चको फैसला पत्र निर्वाचन आयोगमा दर्ता

| 2021 Mar 07 | 07:21 pm 5125

काठमाण्डु फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवादमा गरेको फैसला/आदेशबारे सर्वोच्च अदालतले पठाएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले विज्ञप्ति जारी गरी सर्वोच्चको पत्र दर्ता भएको जानकारी दिएको हो।

नेकपा ऋषि कट्टेललाई दिने सर्वोच्च अदालतको निर्णय निर्वाचन आयोगमा पुगेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठकाअनुसार उक्त फैसलाको दर्ता नं १०१४ रहेको छ ।

सर्वोच्चले आज तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) लाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला सुनाएको थियो। यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा खारेज भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.