सर्पदंशले लियो दुई जनाको ज्यान

रिपोर्ट नेपाल | 2018 Jul 02 | 12:11 pm 4392

महोत्तरी, असार १८ : गर्मीयाम बढेपछि तराईका जिल्लाहरुमा सर्प दंशका कारण थुप्रैले ज्यान गुमाउनु पर्ने अवस्था कायमै छ । गरिबीको कारण समयमै उपचार गराउन नसक्दा कैयौं व्यक्तिले ज्यान गुमाइरहेका छन् र त्यसको रोकथाम हुन सकेको छैन ।

यसै क्रममा शनिबार मध्यरातमा महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाले मृत्युवरण गर्नु परेको छ । रिपोर्ट नेपाललाई महोत्तरीबाट प्राप्त समाचार अनुसार गएराति घरमै सुतेको अवस्थामा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ ।

त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई पनि सर्पले डसेको र उपचारका क्रममा मृत्यु भएको बुझिएको छ ।

इलाका प्रंहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाएको तर उनको उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.