सरसफाई कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2018 Sep 08 | 01:44 pm 3287

पाल्पा, भदौ २३ :  इलाका प्रहरी कार्यालय, रामपुर पाल्पा , साथि म तिम्रो नामक सामाजिक संस्था रामपुर र रामपुर नगरपालिकाको संयुक्त आयोजनामा आज शनिबार बिहान ७ बजे रामपुर नगरपालिका वार्ड नं ५ बेजाड बजार लगायतका क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरी सरसफाई गरिएको थियो ।

समाजलाई सभ्य, सुसंस्कृत र सुन्दर बनाउने नेपाल सरकारको अभियानलाई समाजको सुरक्षाको लागि खटिएका बर्दिधारी प्रहरी तथा बिना बर्दिका नागरिकको संयुक्त प्रयासले सो क्षेत्रमा भएका फोहर मैला सरसफार्इ गरेका छन् ।

यस्ता किसिमका कार्यक्रमले एक आपसमा विश्वास र भरोसाको वातावरण सृजना हुने कुरा स्पष्ट रहेको हुँदा यो कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए ।

ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली, साथि म तिम्रो संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरु, स्थानीय निर्वाचित जनप्रतिनिधिहरु र रामपुर नगरपालिकामा कृयाशील पत्रकारहरुले हातहातमा झाडु, बेल्चा र कोदालो लिई सरसफाई गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा रामपुर नगरपालिका उपमेयर बिष्णुदेवी आचार्यले समाजलाई सभ्य र सफा बनाउन सके मात्र अन्य विकासका कार्यले गति लिन सक्ने हुदा यस्ता कार्यक्रमको आयोजना गर्नु परेको बताए । उक्त सरसफाई कार्यक्रम ९ बजे समाप्त भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.