सरकारी स्कुटर सिकारुका लागि कि कामका लागि ?

| 2020 Jul 25 | 01:06 pm 1722

काठमाडौं, साउन १०ः कुनै समय तत्कालिन नेकपा एमालेको भातृ संगठन युवा संघले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाए नियन्त्रणमा लिने काम गर्दा सर्वसाधारण जनताले स्याबासी दिने गरेका थिए ।

अहिले त्यही पार्टी र नेकपा माओवादी केन्द्रको एकता भएर दुई तिहाईको सरकार चलिरहेको छ तर सरकारी सवारी साधनको दुरुपायोग पनि अत्यधिक भइरहेको छ ।

कार्यकर्तादेखि विभिन्न संघ संस्था नियुक्ती पाएकादेखि सरकारी कर्मचारीका आफन्तले समेत सरकारी सवारी साधन दुरुपायोग गरेको पाइन्छ ।

No description available.

शनिबार बिहान साढे पाँच बजे अनामनगरको धोबीखोलामा एउटा सरकारी नम्बर प्लेटको स्कुटी दुरुपयोग भएको पाइएको छ ।

एक सिकारु युवक सवार उक्त स्कुटी कतिखेर भित्तातिर जान्थ्यो त कतिखेर छेउतिर । मर्निङ वाक गर्नेहरु उक्त स्कुटीबाट आफै साइड लागेर हिड्न बाध्य थिए ।

बा २ ब ४००० नम्बरको उक्त स्कुटीमा सिकारु चढेर खुट्टाले टेक्दै छेउकुना बनाइरहेका थिए । उनी सरकारी कर्मचारी भए सम्बन्धित निकायले अनुमतिपत्र बिनाका सिकारु व्यक्तिलाई किन स्कुटी दियो यदि होइन भने कसले यो स्कुटी सिक्नका लागि दिए सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

सरकारी नम्बर प्लेटको स्कुटरबाट सिकाले कुनै दुर्घटना गराए भने के हुन्छ ? बा २ ब ४००० को स्कुटर सिकारु हो की के हो अनामनगर एरियाको जनताले बझ्न चाहेका छन् ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.