तनहुँ, जेठ ६ः सरकारी छाप र दस्तखत कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ७ स्थायी घर भइ हाल व्यास नगरपालिका २ दमौलीमा ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टर सञ्चालनक गर्ने २७ वर्षीय रुद्र गदाल रहेका छन् ।
वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा दस्तखत कम्प्युटरको माध्यमबाट किर्ते गरी सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको भेटिएकाले बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
गदाललाई व्यास नगरपालिका २ कालिकामार्ग स्थित पसलबाटै पक्राउ गरिएको र सरकारी छाप, दस्तखत किर्ते मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।