सरकारी गाडीमा नेविसंघले लेख्यो- ‘माफिया सरकार मुर्दावाद’

| 2019 Jan 27 | 03:11 pm 1762

काठमाडौँ, माघ १३ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राजधानीकाे  कोटेश्वरमा सरकारी गाडी रोक्दै पेन्टिङ गरेकाे छ ।कोटेश्वर सडकखण्डमा गुडिरहेका २५ भन्दा बढी सरकारी गाडीहरू रोकेर ‘माफिया सरकार मुर्दावाद’ लेख्दै पेन्टिङ गरेकाे हाे ।

तोडफोड गरी सरकारी सम्पत्ति नाश पुर्‍याउनुभन्दा सरकारविरूद्ध विरोध गर्दै गाडीमा लेख्न थालेको नेविसंघले जनाएको छ। सरकारलाई माफियाले चलाएको भन्दै नेविसंघले जहिलेसम्म माफिया हावी भइराख्छन् त्यस बेलासम्म विरोध जारी राख्ने बताएको छ।

आइतबार दिउँसो कोटेश्वर सडकखण्डमा गुडिराखेका सरकारी गाडी रोकेर नेविसंघले सरकारविरुद्ध लेखेको हो।यसैगरी, सरकारविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्थाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

नेपाल महिला संघको संयोजनमा आइतबार दिउँसो बानेश्वरमा भएको प्रदर्शनमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ पनि सहभागी छन्।

कांग्रेस कार्यकर्ताले ‘अधिनायकवाद बन्द गर, दुई तिहाइको दम्भ बन्द गर, निर्मलालाई न्याय दे, डाक्टर गोविन्द केसीको जीवन रक्षा गर, चिकित्सा शिक्षा विधेयक खारेज गर’ जस्ता नारा लगाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.