सरकारविरुद्ध प्रदर्शन गर्दै कांग्रेस निकट तीन संगठन

रिपोर्ट नेपाल | 2019 Jan 26 | 07:09 pm 1614

काठमाडौं, माघ १२ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरुले सरकारविरुद्ध आइतबार संयुक्त प्रदर्शन गर्ने भएका छन् । नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले आइतबार संयुक्त प्रदर्शन गर्ने भएका हुन् ।

“संसदीय व्यवस्थामाथि धावा वोल्न थालेको ओली नेतृत्वको सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका विरुद्ध तीन वर्गीय संगठन संयुक्त प्रदर्शनमा उत्रिन लागेका हौं,” नेविसंघ अध्यक्ष नैनसिंह महरले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.