सरकारले सोमबार बनाएकाे नियम मंगलबार सरकारले आफैले उलंघन

रिपोर्ट नेपाल | 2021 Apr 20 | 12:11 pm 1685

काठमाडौं, बैशाख ७ः सरकारले सोमबार कोभिड- १९ संक्रमणको जोखिम भएको भन्दै सभा-समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गर्यो । तर भाेलिपल्टबाटै उक्त नियम सरकारले नै उल्लंघर सुरू गरेकाे छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मेला, महोत्सव, जात्रा, पर्व, विवाहजस्ता धार्मिक अनुष्ठान तथा अत्यावश्यक धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी नभई जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न पाइने नियम जारी गरिएकाे थियाे । उक्त मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने ।’

तर, आफ्नै निर्णयको खिल्ली उडाउँदै मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धार्मिक पूजा अनुष्ठान कार्यक्रम राखियो । त्यहाँ सरकारकै मन्त्रीहरूदेखि सन्त-महन्थहरूकाे बाक्लाे उपस्थिति थियाे ।

चितवनको माडीमा बनाइएको नयाँ अयोध्याधामका लागि काठमाडौँबाट हिन्दू अराध्यदेव राम र सीताका मूर्ति लिएर एक लावालस्कर बालुवाटारकाे धार्मिक अुष्ठान सकेर प्रस्थान गर्यो । चितवन लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधाममा स्थापना गर्नका लागि तयार पार्न लगाइएका राम र सीताका मूर्ति हस्तान्तरण गरेका थिए । समारोहमा प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत उपस्थिति भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.