सरकारले राष्ट्रलार्इ दाउमा राखेर नागरिकलार्इ ऋणी बनायो : प्रकाण्‍ड

| 2018 Nov 24 | 04:11 pm 3595

काठमाडौं, मंसिर ८: नेत्र विक्रम चन्द विप्लव नेतृत्‍वको नेपाल कम्युनस्ट पार्टीका प्रवक्ता खड्‍गप्रसाद विश्‍वकर्मा प्रकाण्डले  ओली सरकारले राष्ट्रलार्इ दाउमा राखेर नागरिकलार्इ ऋणी बनाएको आरोप लगाएका छन्।

उनले सरकारले राष्ट्रियताका विरुद्ध भूमी बेच्‍ने काम गरिरहेको बताएका हुन्। उनले भने, ‘राष्ट्रलार्इ दाउमा राख्‍ने नागरिकलार्इ विदेशीका ऋणी बनाउने र अफू फाइदा लिने काम गरिरहेका छन्।’

नेपाल कम्युनिस्ट पार्टीको पुर्नगठनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देश के हुन्छ भन्‍ने आशंका बढिरहेको बताए। उनले राष्ट्रघाती कदमलार्इ नसच्‍याउने हो भने नेपाली राष्ट्रिय स्वाधिनताका निम्ति क्रान्ति गर्न तयार हुने र राष्ट्रघाति तत्‍वहरुको खोजेर नामेट पारिने चेतावनीसमेत दिए।

उनले भने, ‘राष्ट्रलार्इ मुक्ति दिने अन्तिम आन्‍दोलन पनि हो। राजनीतिक अधिकार र राष्ट्रको स्वाधिनता रक्षाका लागि यो संघर्ष जारी रहने छ। आन्दोलनबाट जनताको अधिकार सुनिश्चित हुने ठाउँमा दलाल पूँजीपति वर्गले सत्ता सम्हालेका छन्।’

भदौको च्याउ उम्रेजस्तो दलाल पूँजीपति वर्ग सत्तासिन भएको बताउँदै उनले भने, ‘दश वर्ष लामो संघर्षलार्इ केही दलालहरुले धोका दिएको छ। नत्र अहिले सत्ता नेपाली जनताको हातमा आएको आएको हुन्थ्यो र यस्तो बेथिती र विकृती सामना गर्नु पर्दैनथ्यो।’

उनले भने, आन्दोलनकै जगबाट नेता भएका र सरकारको बागडोर सम्हालेका दाललहरुलार्इ सहिद परिवारको के स्थिति छ चिन्ता छैन, राज्यको ढुकुटीलार्इ कसरी निजि बनाउने भन्‍ने खेलमा लागेको छ। नेपालका संसदवादी दलहरु भ्रष्टाचार गर्नकै निम्ति जन्मेका हुन्। सरकारका मन्त्रीहरुको काम भनेको सम्पत्ति बटुल्ने मात्र हो।’

उनले थपे, ‘नौ महिनामा धेरै प्रयोग गरेको वाकायंश हो, भ्रष्टाचार गर्दिन र गर्न दिन्‍न। ओली जी तपार्इको सरकारमा पर्यटन मन्त्रालय छ, जसको नेतृत्व पूर्व एमालेका युवा नेता रविन्द्र अधिकारीले छ अर्ब भ्रष्टाचार गरेको देख्‍नु भएन ?’

प्रचण्ड, रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रकाण्डले उनीहरुलाई ‘गद्धार’को संज्ञा दिएका छन् । र उनीहरुकै कारण जनताले धोका पाएको बताए । आज जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेताहरुले धोका नदिएको भए नेपाली जनताको आफ्नै सत्ता हुने उनको जिकिर थियो ।

साथै अहिलेको सरकारले आफ्नो पार्टी विरद्ध षड्यन्त्र गरिरहेको भन्दै सरकारका गतिविधिप्रति चर्को आलोचना गरेका छन् । सभा गर्ने सार्वजनिक स्थल समेत सरकारले नदिएको भन्दै उनले त्यसमा रोष प्रकट गरोक थिए । उनले भने, ‘कुनै पार्टीले सार्वजनिक स्थलमा सभा गर्न खोज्दा ठाउँ पनि छैन समृद्ध नेपालमा ?’

शान्तिबाटिकामा गर्ने भनिएको उनीहरुको कार्यक्रम शनिबार भृकुटीमण्डपमा भएको हो । प्रकाण्डले देश अहिले साम्राज्यवादी शक्तिको परेड खेल्ने ठाउँ बनेको भन्दै त्यसको विरोध गरे । साथै आन्दोलनबाट हासिल गरेको उपलब्धि मेट्न लागेकोमा उनको चिन्ता थियो ।

वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै उनले ओली सरकार बनेपछि राष्ट्रघाती प्रोजेक्ट अघि बढाउन थालिएको बताएका थिए । उपल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय पक्षको संलग्नता शंकेत गर्दै त्यसलाई आफूहरुले रोको पनि उनको भनाइ थियो । तर अहिलेको सरकारले त्यसपछि अरु ‘राष्ट्रघाती प्रोजेक्ट’ अघि बढाउँदै गरेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.