सरकारले भन्यो : कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं

| 2019 Nov 06 | 06:07 pm 1292

काठमाडौं, कार्तिक  २० : भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । बुधबार  परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भारतीय पक्षले एकतर्फी गरेकाे निर्णय नेपाललाई मान्य नहुने उल्लेख छ । कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ । ’

मन्त्रालयले सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत उल्लेख गरेको छ ।

सञ्चार माध्यमहरुमा नेपाली भूभागलाई गाभेर भारतले नयाँ नक्सा जारी गरेको विषयलाई लिएर विरोध हुँदै आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.