सरकारले निर्मलाका हत्‍यारालार्इ संरक्षण गर्‍यो : देउवा

| 2018 Oct 27 | 10:07 am 1591

काठमाडौं, कार्तिक १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका बलात्कारी र हत्‍यारालार्इ सं‌रक्षण गरेको आरोप लगाएका छन्।

नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले दोषीलार्इ सं‌रक्षण गरेर घटनालार्इ मोड्न खोजेको आरोप लगाएका हुन्। उनले भने, ‘सरकार नै निर्मलाका हत्यारालार्इ संरक्षण गर्न लागि परेको छ। यो जघन्य अपराध भएकोले हामीले गम्भीर रुपमा लिएका छौं। कुनै पनि हालतमा निर्मलाको हत्यारालार्इ कारबाही गर्न सरकारलार्इ दबाब दिनुपर्छ।’

सभापति देउवाले दुर्इ तिहाइको नाममा जनतालार्इ ढाट्‍ने काम गरेको समेत आरोप लगाए। यसरी सरकार अघि बढे लोकतन्त्र नै खतरा पर्ने भएकोले कांग्रेस सजग हुनुपर्ने बताए। उनले भने, ‘विगतका आन्दोलनमा जसरी तरुण दलले निर्णायक भूमिका खेल्‍यो आजको दिनमा लोकतन्त्रको रक्षा र जनताको हकहितको संरक्षणका लागि त्यसरी नै लाग्‍नुपर्ने समय आएको छ।’

तरुण दलले जनताको हकहितका र लोकतन्त्रका लागि विगतमाजस्तै गरी लड्छ भन्‍ने आशा भएको समेत उनले बताए।

कार्यक्रममा तरुण सभापति जितजंग बस्‍नेतको सभापतित्‍व गरेका थिए भने कोषाध्यक्ष विद्‍वान गुरुङले अतिथिलार्इ स्वागत गरेका थिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.