सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्छ : नेता महत

रिपोर्ट नेपाल | 2018 Jul 22 | 07:09 pm 3810

नवलपरासी, साउन ६ :  नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको भावनाअनुसार प्रभावकारीरुपमा काम गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको ३६ औँ विपी स्मृति दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनताको भावनाअनुसार गर्ने कामभन्दा पनि अन्य काममा अल्मलिएको आरोप  समेत लगाए।

उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म काँग्रेसको प्रमुख भूमिका रहेको बताउँदै तिनै तहको निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनको महत्वपूर्ण थालनी गरेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.