सरकारले गुणस्तरीय शिक्षाको परिभाषा नदिएको कामनपाका शिक्षा विभाग प्रमुखको आरोप

रिपोर्ट नेपाल | 2019 Mar 06 | 05:37 pm 3275

काठमाडौं, फागुन २२ : काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले सरकारले गुणस्तरीय शिक्षाको परिभाषा दिन नसकेको आरोप लगाएका छन् ।

नेपाल मेघा स्कुलको अभिभावक भेलालाई सम्बोधान गर्दै प्रमुख कोइरालाले आवासिय विद्यालयले पनि गुणस्तरीयको सुगा रटाई नभएर परिभाषा सहितको अवधारण ल्याउन जरुरी रहेको बताए ।

आजका बालबालिका भविष्यका नभएर वर्तमानकै कर्णधार भएको जिकिर गर्दै प्रमुख कोइरालाले काँचो माटोको रुपमा रहेका बालबालिकालाई भविष्य नसम्झेर वर्तमान बनाउँन आवश्यक रहेको बताएका थिए ।

अभिभावकले दिएको जिम्मेवारी र विश्वासलाई विश्वासघात नगरी विद्यार्थीको संवेदनशिलतामाथि पनि खेलवाड नगर्न कोइरालाले सुझाव दिएका थिए ।

अंग्रेजी भाषामा रमाउने अभिभावक प्रति इंकित गर्दै कोइरालाले भाषा ठूलो नभएर ज्ञान र सीप भएको बताए । महानगरपालिकाले सबै विद्यालयलाई साइनबोर्ड र परिचयपत्रमा नेपाली नाम राख्न समेत निर्देशन दिएका थिए ।

नेपाल मेघा स्कुलका प्रमुख कार्यकारी अधिकृत डा होमनाथ भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्कुलका निर्देशक ढुण्डीराज भट्टराईले मेघा स्कुल विगतमा आइपरेका सबै समस्यासँग जसरी जुध्दै अगाडी बढिरहेको छ मानव व्यवहारिक जीवनको सफलताको सिढी चढ्ने शिक्षाको गुणस्तरका लागि कुनै कसर नराख्ने बताएका थिए ।

प्रिन्सिपल मदनकुमार पोख्रेलले देशको भाग्य रेखा विद्यालयको कक्षा कोठाबाट निस्कन्छ भन्ने विद्धानहरुको भनाईलाई मेघा स्कुलले शिरोधार्य गरेको बताएका थिए ।

कार्यक्रममा विभिन्न कृयाकलापमा सफलता हासिल गर्ने विद्यार्थी, राम्रो शिक्षा प्रदान गर्ने र अनुशासित भई कर्तव्य पालना गर्ने कर्मचारीलाई समेत सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.