‘सरकारले गरिब जनतालाई करको मारमा पारे’- पूर्व मन्त्री कार्की

रिपोर्ट नेपाल | 2018 Aug 14 | 06:01 pm 2925

काठमाडौं, साउन २९ : सरकारले गरिब जनतालाई करको मारमा पारेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । संघीय संसद अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै कार बढाएर सरकारले जनतालाई मारमा परेको बताएका हुन् ।

बैठकमा बोल्दै नेता कार्कीले गरिब जनतालाई सेवा र सुविधा बढाउने काममा केन्द्रित हुन पनि सरकार आग्रह गरे । समितिका सदस्य समेत रहनु भएका कार्कीले सरकारले जनताको कर तिर्ने क्षमता विकास गर्न विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

उनले आयात प्रतिस्थापन गरेर व्यापार घाटा कम गर्न समेत सरकारसँग आग्रह गरे । कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रको सहकार्यलाई उच्च प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.