सरकारलाई सहज ढंगले अघि बढाउने कानुन निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

रिपोर्ट नेपाल | 2018 Aug 21 | 07:29 pm 1912

हेटौंडा, भदौ ५ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुनका अभावले गर्दा प्रदेश सरकारले गति लिन नसकेको बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारलाई सहज ढंगले अघि बढाउन तत्काल कानुन निर्माण गर्नुपर्ने भन्दै मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

सरकार गठन भएको ६ महिनामा धेरै समस्या र चुनौतीलाई पन्छाउँदै अगाडि बढिरहेको भए पनि कानुनको समस्या टड्कारो देखापरेको बताए । मुख्यमन्त्री पौडेल भने, ‘ ुप्रदेश सरकारले उद्योग वर्ष घोषणा गरे पनि काम गर्न कानुन अभाव रहेको छ भने अर्कोतिर संघीय सरकारले औद्योगिक क्षेत्रको जिम्मा प्रदेश सरकारलाई नदिएकाले उद्योग वर्षलाई कार्यान्वयनमा ल्याउन समस्या भएको छु । औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत हुनुपर्छ ।’

उद्योगहरु प्रदेश मातहात आउन नसकेकोले उद्योग वर्षले सार्थकता पाउन नसकेको उनको भनाइ थियो । स्वदेशी तथा विदेशी उद्योगहरु प्रदेशमा स्थापना गर्ने लक्ष्य राखिएको भए पनि स्वीकृति प्रदान गर्न नसक्दा नयाँ उद्योग स्थापना नभएको उनको तर्क थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.