सरकार र सिके राउतबीच सहमति

| 2019 Mar 08 | 02:26 pm 2749

काठमाडौँ, फागुन २४ : हालै जेलमुक्त भएका स्वतन्त्र मधेश गठबन्धनका सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएपछि अहिले राष्ट्रिय सभा गृहमा आयोजित विशेष घोषणा सभा कार्यक्रममा सरकारका गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउतले हस्ताक्षर गरी दुई पक्षबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा सिके राउत स्वतन्त्र मधेसको पृथकवादी गतिविधि छाडेर मुलधारको राजनीतिमा फर्किने भएका छन् । त्यसैगरी सरकारले सिके राउतले गर्दै आएको गतिविधिलाई शान्तिपूर्णरुपमा सञ्चालनमा अवरोध नगर्ने सहमति गरेको छ ।

अहिले राष्ट्रिय सभागृहमा सिके राउतले सम्बोधन गरिरहेका छन् । घोषणा सभामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको समेत उपस्थिति रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.