सरकार र सिके राउतबीच भएको सहमतिको विरोधमा प्रदर्शन गर्ने एक दर्जन पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 13 | 03:34 pm 2358

काठमाडाैं, फागुन २९ : मानव अधिकार तथा शान्ति समाजको आयोजनामा बुधबार सरकार र सिके राउतबीच भएको सहमतिको विरोध गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्ने एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण गेटमा पुगेर प्रदर्शन सुरु गर्ने वित्तिकै प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि प्रदर्शनकारीले नारावाजी गरेका थिए । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारी तितर-वितर भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.