सरकार महाअभियोगको तरबार चलाउँदै

| 2019 Feb 15 | 12:26 pm 1859

काठमाडौं, फागुन ३ : भक्तपुरकाे चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेजको विवाद मिलाईदिने भन्दै ७८ लाख घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाइने भएको छ ।

बुधबार साँझबाट महाअभियोग लगाउने वा राजिनामा दिन लगाउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र संसदीय दलका उप नेता सुभाष नेम्वाङबीच दुई चरणमा कुरा भइसकेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा हिजो बिहिबार दिउँसोदेखि महाअभियोगका लागि हस्ताक्षर अभियान चलाइएको छ । हिजो बिहिबार साँझ प्रम ओली र नेम्वाङबीच झण्डै दुई घण्टा लामो कुराकानीपछि पाठकलाई महाअभियोग लगाइने भएको हो ।

एक विशेष सुत्रका अनुसार आज शुक्रबारदेखि आयुक्त रामनारायण पाठक माथि महाअभियोग लगाउने प्रकृया अगाडी बढाउने तयारी भएको बुझिएको छ । दुई तिहाई मतको समर्थन प्राप्त सरकारलाई समर्थन दिएका दलहरुले यस विषयमा सहयोग गर्ने नगर्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

सरकार महाअभियोगको तरबार देखाएर अघि बढ्न दृढ रुपले लागि परेको छ । पाठकलाई महाअभियोग लगाएपछि अन्य संवैधानीक आयोग पनि सरकारसँग त्रासित हुने सरकारले विश्वास लिएको छ । सहज ढंगले बहिर्गमन गर्न सकिने कुरालाई महाअभियोगको तरबार देखाउँदा भोली त्यो तरबार आफैं तिर नफर्कला भन्न सकिन्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.