सम्पत्ति शुद्धीकरणको समझदारीपत्रमा हस्ताक्षर

रिपोर्ट नेपाल | 2020 Jan 02 | 07:57 am 1452

 

काठमाडौं, पुस १७ः सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी प्रधान कार्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

गृहमन्त्री रामबहादुर थापा उपस्थित तथा गृहसचिव प्रेमकुमार राईको रोहवरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसँगै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.