कास्की, वैशाख २९: आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् ।
ताल किनारा वरिपरी पार्किङ गरी राखिएका डुंगाहरु डुबेका स्रोतले जानकारी दिए । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए थिए । हावाहुरी कम भएपछि डुंगा चालक आफ्ना डुबेका डुंगा निकाल्न ब्यस्त रहे। डुंगा चालक सुन्दर विकले यति धेरै डुंगा डुब्नेगरी पहिलोपल्ट छाल आएको बताए।