समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया सम्पन्‍न

रिपोर्ट नेपाल | 2018 Nov 25 | 03:24 pm 5071

सुर्खेत, मंसिर ९ :  समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्‍न ईकाइहरुमा विभिन्‍न समयमा जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।

उक्त कार्यक्रम नगर प्रहरी कार्यालय सुर्खेत, ईलाका प्रहरी कार्यालयहरु छिन्चु , बाबियाचौर, बादेपिपल, गुटु, प्रहरी चौकीहरु बिजौरा, आली, सालकोट, बिद्यापुर, रानीघाट, रामघाट, मालारानी, मेहलकुना, आग्रागाउँ, बड्डीचौर, सुब्बाकुना, बाङ्गेसिमल, डाडाछाप्रे, गुमी, अस्थायी प्रहरी पोष्टहरु तातोपानी, तरङगा, लगाम, बोटेचौर, जहरे, धारापानी, नेटा तथा अस्थायी प्रहरी बिटहरु बबई र गोठीकाडामा संचालन गरिएको हो ।

कार्यक्रममा घरेलु हिंसा, लागूऔषध, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचविखन, बाल हिंसा विरुद्ध र साईबर अपराध सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.