समीक्षा अधिकारीले दिइन भ्रम फेलाउने विरुद्ध उजुरी

| 2023 Aug 27 | 08:14 pm 5981

काठमाडाैं, भदाै १० ।  गायिका समीक्षा अधिकारीले आफूविरुद्ध अस्ट्रेलियाले भिसा नदिएर कालोसूचीमा राखेको भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्।

उनले वास्ताविकता नबुझी आफ्नो सामाजिक संजालको प्रचारका लागि कसैको जिन्दगीसँग खेलावाड गर्नु पनि अपराध भएको बताएकी छन्। उनले केही फेसबुक पेजहरूको नामै उल्लेख गरेर प्रहरीमा उजुरी दिएकी छन्।

उनले आफूलाई अस्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेको भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छिन् ।  साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न सुझाव समेत दिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.